हेटौंडा । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मकवानपुरका म्यादी प्रहरीहरू कार्यक्षेत्र तर्फ लागेका छन् । निर्वाचन कार्यालय मकवानपुरले माग गरेको १ हजार ६ सय ९९ जना म्यादी प्रहरी माग गरे अनुसार उनीहरूलाई बिहीबार कार्यक्षेत्र खटाइएको हो ।