
काठमाडौँ । नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्कििएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ्ग सार्बजनिक गरिएको छ । वुधबार होटेल ¥याडिसनमा आयोजित फास्ट बैंकिङ्ग लन्च समारोहमा उक्त सेवा सार्बजनिक गरिएको हो ।
राष्ट्र बैंकका पदाधिकारीहरु, बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ्ग र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरु, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरु तथा मिडिया कर्मीहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोह नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि बिकाश बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायज्युले एप (APP) अनावरण गरी शुरूवात गरेका थिए ।
स्मार्ट चोइस टेक्नोलोजिजका संचालक श्री सान्तराज बतासको स्वागत मन्तब्यसँंगै कार्यक्रम सुरुवात गरिएको थियो । स्मार्ट चोइस टेक्नोलोजिज को संक्षिप्त विवरणसँगै फास्ट बैंकिङ्गको बारेमा बिस्तृत जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा बित्तीय संस्थाले फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाइ थप सुध्रिढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।
हाल बैंक तथा बित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ्ग सेवा बिशेष गरि भुक्तानी तथा फन्ड ट्रान्सफर मा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुबिधा लिन अझैपनी बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको परिस्थिति औल्याउदै सो सोलुशनमा थप सुविधाहरुका साथ ओपन एपीआइ API मार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिने जानकारी दिए र फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहक हरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरि ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने जानकारी दिए ।
टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोगीका प्रमुख कार्यकारी अधिकृत श्री निरज ढुंगानाले फास्ट बैंकिङ्गको आन्तरिक संरचना तथा प्राबिधिक हिसाबले फास्ट बैंकिङ्ग अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङ्गभन्दा कसरि सुदृढ, स्केलेबल र सुरक्षित छ भन्ने प्रकाश पार्नुभयो। हाल ग्लोबल आइएमइ बैंकमा संचालनमा ल्याई सकिएको यो सुबिधा कसरि फरक छ र यो सुबिधा संचालन गरे पश्चात बैंकका कर्मचारी तथा ग्राहकलाई भएको फाइदा र अनुभब बैंकका ट्रानजेक्सन तथा कार्ड अपरेसन प्रमुख प्रकाश पौडेलले साटे।
कार्यक्रममा मन्तब्य दिंदै ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएमइका प्रबन्ध निर्देशक श्री हेमराज ढकालज्यु ले भबिष्यमा डिजिटल भुक्तानीको क्षेत्रमा अझै धेरै योगदान दिन तथा नविनतम सेवाहरु विस्तार गर्दै जान शुभकामना दिए । कार्यक्रमको अन्तमा स्मार्ट चोइस टेक्नोलोजिजका अध्यक्ष श्री सुमन प्रोख्रेलज्युले अनबरत रुपमा सम्पूर्ण देशको भुक्तानी क्षेत्र प्रबद्र्धन मा लागिरहने प्रतिबद्धता ब्यक्त गर्दै धन्यवादका साथ कार्यक्रम समापन मन्तब्यमा ब्यक्त गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend