logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    २५ अंक बढ्यो सेयर बजार, पौने २ अर्बको कारोबार

    २५ अंक बढ्यो सेयर बजार, पौने २ अर्बको कारोबार

    1.8K
    Shares
    २५ अंक बढ्यो सेयर बजार, पौने २ अर्बको कारोबार

    काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से बिहीबार २५.५ अंक बढेर १९३६ अंकमा पुगेको छ । परिसूचक मात्रै नभई कारोबार रकम उच्च दरले बढेको छ । बुधबार जम्मा ८५ करोडको कारोबार भएकोमा बिहीबार १ अर्ब ७१ करोडको सेयर किनबेच भयो ।

    कुल १७२ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने २ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् । बैंकिङ १२, विकास बैंक ६४, फाइनान्स ३७, होटल तथा पर्यटन ९, जलविद्युत् ६१, जीवन बीमा ५६, उत्पादन १०२, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा १०२, अन्य २२ र ब्यापार उपसमूह ४० अंक बढे । धेरै मूल्य बढेका १० कम्पनीमध्ये ९ वटा जलविद्युत् कम्पनी रहेका छन् ।

    सिक्लेस जलविद्युत्‌को १०, सयपत्री हाइड्रोको ९.९, बोटलर्स नेपाल (तराई)को ७.५, रिडी पावरको ६ र पन्चकन्या माईको ५.९ प्रतिशतले मूल्य बढ्यो । फरवार्ड माइक्रोफाइनान्सको २.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा रिडी पावर, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स र हिमालयन पावर पार्टनर क्रमश: अगाडि रहे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend