logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • प्रतिगमनलाई परास्त गर्न सके मुलुक विकास र समृद्धिको दिशामा अघि बढ्छः अध्यक्ष प्रचण्ड

    प्रतिगमनलाई परास्त गर्न सके मुलुक विकास र समृद्धिको दिशामा अघि बढ्छः अध्यक्ष प्रचण्ड

    3K
    Shares
    प्रतिगमनलाई परास्त गर्न सके मुलुक विकास र समृद्धिको दिशामा अघि बढ्छः अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उहाँमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष दाहालको भनाई थियो ।

    बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उनले मंसीर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई परास्त गर्ने अवसरको रुपमा लिनुपर्ने समेत दोहो¥याए । अध्यक्ष दाहालले केपी ओली र उनको गठबन्धन फेरी जितेर आए संविधान च्यात्ने भएकाले उनीहरुलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढनुपर्ने बताए । ओली संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको उहाँको गम्भिर आरोप थियो ।

    अध्यक्ष दाहालले भने, ‘ओनसरी घर्ती महिला प्रधानमन्त्री बन्न लायक संघर्षशील महिला हो ओनसरी घर्ती । त्यसकारण यो अवसर भनेको यस क्षेत्रका लागि एक ऐतिहासिक अवसर नै आएको छ । दुई वटा गठबन्धन छन । हामी इमान्दार र खुला ढंगले भन्छौं । हाम्रो गठधन संविधानको रक्षाको निम्ति, स्थिरता र विकासको निम्ति हो । अर्को पनि एउटा गठबन्धन छ । केपी ओलीको नेतृत्वमा । तर, उनीहरु गठबन्धन भन्दैनन् । गर्छन गठबन्धन । उनीहरु राजावादी छन । राजतन्त्र फर्काउने कुरा गर्छन । उनीहरु भित्र अलगाववादी छन । देशको एकता खलबल पार्ने कुरा गर्छन । उनीहरु दक्षिणपन्थी छन । संविधान मिच्ने र च्याप्ने कुरा गर्छन । अनि, फेरी भोट माग्न जनता कहाँ आउँछन । मैले धेरैतिर भन्ने गरेको छु–त्यसरी आउनेहरुलाई जनताले सोध्नुपर्छ –तपाईहरुलाई भोट किन चाहियो ? संविधान च्यात्न अघिल्लो पटक सकिएन दुई तिहाई हुँदा पनि ।

    संविधान च्यात्नका लागि भोट दिनोस भन्न खोज्नु भएको हो ? यो प्रश्न सोध्नुपर्ने हुन्छ । प्रतिनिधिसभा जनताको सार्वभौमसत्ता पटकपटक विघटन गरियो तर सफल भईएन । त्यो विघटनको सफलताका लागि हामीलाई भोट दिनु भनेको हो ? या भ्रष्टाचार त गरियो, अझै धेरै भ्रष्टाचार गर्नुपर्ने भएकाले मत दिनुस भनेको हो ? यो जनताले उनीहरुलाई सोध्नुपर्ने प्रश्न हो । मैले त भनेको छु–नैतिकताको आधारमा अव म राजनीतिमा रहन्न भन्नुपर्ने अवस्था रहिसक्यो । तर, उहाँ मान्न तयार हुनुहुन्न । किनभने उहाँको सबै सिद्धान्तहरु असफल भईसक्यो । उहाँको सिद्धान्त नेपालमा संविधानसभा हुनै सक्दैन भन्ने हो । नेपालमा महिला, दलित, आदिवासी, मधेशी, मुस्लिम, थारुहरुले अधिकार पाउन हुँदैन । समावेशी, समानुपातिक हुन हुँदैन । नेपालमा गणतन्त्र हुनुहुँदैन, हुन सक्दैन भन्ने सिद्धान्त हो केपी ओलीको । उहाँको सिद्धान्त र असफल भईसक्यो गोरुगाडावाला सिद्धान्त । उहाँको दर्शन त्यो रहेछ ।

    हामीले त संविधानमा हस्ताक्षर गरेपछि मान्नु भयोहोला भन्ने ठानेको त उहाँ त मौका पो कुरेर बस्नु भएको रहेछ । एक चोटी कुनै जालझेल गरेर शक्तिमा पुगियो भने संविधान पनि च्यातच्युत, गणतन्त्र पनि उल्टयाउँछौं भन्ने पो रहेछ उहाँको मनमा । त्यसकारण नेपाली जनताले झण्डै ७० वर्ष लडेर ल्याएको संविधानलाई बचाउन निम्ति, देशमा राजनीतिक स्थायित्वका निम्ति हामीले यो गठबन्धन बनाएको हो । त्यसकारण मंसीर ४ को निर्वाचन सामान्य निर्वाचन छैन । यो निर्वाचन अग्रगमन वा प्रतिगमनको जनमत संग्रह जस्तो हुँदैछ । कसेको पक्षमा जनादेश आउँछ । हामीलाई विश्वास छ–सबै मिलेर प्रतिगमन परास्त गरेकाले तपाई हाम्रा लागि मंसीर ४ एउटा अवसर भएर आएको छ । हामीले संविधान बनेपछि सोचेका थियौ–अव फेरी संविधानका निम्ति राजनीतिक आन्दोलन गर्न पर्ने छैन । र त्यसलाई गरिएको प्रतिगमन पनि परास्त गरेपछि यो ४ गतेको निर्वाचन आम नेपाली जनताको अगाडि एउटा अवसर प्रतिगमनलाई सदाका लागि परास्त गर्ने र यो देशलाई आर्थिक विकास र समृद्धिको युगतिर लैजाने अवसरको रुपमा आएको छ । अन्तिम न्यायाधीश जनता नै हो ।

    जनताको हातमा फैसलामा अधिकार आएको छ । प्रतिगमनलाई, प्रतिक्रान्तिलाई यो देशमा ७० वर्ष जनताले लडेर प्राप्त गरेको हक, अधिकार खोस्न खोज्ने प्रवृत्तिलाई सदाको निम्ति परास्त गर्ने अवसर हो यो । त्यसकारण म तपाई काठमाडौं क्षेत्र नम्बर २ का जनतासँग र यो मञ्चबाट देशभरका जनतासँग पनि यो ऐतिहासिक अवसरको सदूपयोग गरौं । यसको सदूपयोग ग¥यौं भने हामी फेरी प्रतिगमनको निम्ति आन्दोलन गर्नुपर्ने छैन । सत्तारुढ दलहरुको सम्पूर्ण तागत विकास र समृद्धिमा लाग्ने छ । नेपाल आर्थिक क्रान्तितिर जानेछ ।’

    अध्यक्ष दाहालले मंसीर ४ गतेको निर्वाचनमा प्रतिगमनलाई परास्त गर्न सकिए मुलुक विकास र समृद्धिको दिशामा अघि बढने विश्वास समेत व्यक्त गरे । उनले सत्तारुढ दलहरु प्रतिगामी शक्तिहरुलाई परास्त गरेर सम्पूर्ण शक्तिको साथ मुलुकको समृद्धिको अभियानमा लाग्न प्रतिवद्ध रहेको पनि बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend