logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

    ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

    2.1K
    Shares
    ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

    मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई रु ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर रु ८२ लाखभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै रु ८२ लाख ७४ हजार छ सय दुई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बचतकर्ताले रकम फिर्ताको माग गरेपछि ज्वेलर्स सञ्चालक विभिन्न बहाना बनाएर पसल नै बन्द गरी फरार थिए ।

    गत साउन १७ गतेदेखि फरार रहेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको हो । उनीहरूले सर्वसाधारणलाई रकम जम्मा गर्न लगाउने र पासबुक बनाएर दिने गरेको पाइएको यसबाट ६५ जनालाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend