
काठमाडौं । नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ। निगमले आगामी मंसिर १२ (नोभेम्बर २८) बाट काठमाडौं–दिल्ली–भैरहवा–दिल्ली–काठमाडौं उडान गर्ने जनाएको छ।
एयरलाइन्स प्रवक्ता अर्चना खड्काकाअनुसार काठमाडौंबाट भैरहवा हुँदै दिल्ली उडानका लागि नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ।
एयरलाइन्सले सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी सातामा चार उडान गर्ने उनले बताइन्। तत्कालका लागि एयरलाइन्सले काठमाडौं–दिल्ली, दिल्ली–भैरहवा–काठमाडौं उडान गर्नेछ” उनले भनिन्, भविष्यमा भैरहवा–दिल्ली–भैरहवा उडान गर्ने” उनले भनिन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend