बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

एनएमबि बैंकले ॠणपत्र निष्कासन गर्ने

एनएमबि बैंकले ॠणपत्र निष्कासन गर्ने

काठमाडाै‌ । एनएमबि बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले ॠणपत्र निष्कासन गर्ने प्रयाेजनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ ।

बैंकले “एनएमबि डिबेञ्चर २०८९/९०” काे नाममा वार्षिक १०.७५ प्रतिशत व्याजदर भएकाे १० वर्ष अवधिकाे लागि प्रतिकित्ता १००० मूल्य अंकित दरकाे ४ अर्ब रूपैयाँ बराबरकाे ४० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न सेबाेनमा निवेदन दिएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ॠणपत्र निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend