
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना तेस्रो वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । संस्थाको स्थापना लगतै कोभिडको कारणले अर्थतन्त्र अस्तव्यस्त भएको जटिल अवस्थादेखि तरलताको अभाव भएको यस कठिन आर्थिक सामाजिक परिस्थितिमा निष्ठापूर्वक काम गर्ने कर्मचारी वर्ग तथा साथ सहयोग गर्ने समस्त ग्रहक सदस्यप्रति संस्थाकोतर्फबाट अध्यक्ष बाबुराम थापाले विशेष धन्यवाद ज्ञापन गरे ।
केन्द्रीय कार्यालय पनौती ४ काभ्रेमा रहेको संस्थाले पनौती बसपार्कमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको विभिन्न शाखा कार्यालयमा समेत वार्षिकोत्सवको अवसरमा रक्तदान वृक्षारोपण, वित्तिय साक्षरताजस्ता विभिन्न कार्यक्रमको आयोजना गरिएको संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले जानकारी दिए ।
राष्ट्रियस्तरको संस्थाले सात वटा प्रदेशका २१ जिल्लामा ६० शाखा मार्फत २८ हजार सदस्यलाई सेवा प्रदान गदै आएको छ । संस्थाको चुक्ता पुँजी २५ करोड रहेको र आगामी दिनहरुमा ग्राहकहरुको सेवा तथा सुविधालाई अझ सुदृढ बनाँउदै लैजान संस्था प्रतिबद्ध रहेको प्रमुख कार्यकारी अधिकृतले बताएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend