बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

डोटीमा मतदान गर्न भारतबाट घर फर्किएका व्यक्ति मृत फेला

डोटीमा मतदान गर्न भारतबाट घर फर्किएका व्यक्ति मृत फेला

डोटी । डोटीको जोरायल–३ मा एक जना पुरुष मृत फेला परेका छन् । जोरायल गाउँपालिका–३ तोडेगडा घर भएका अन्दाजी ६० वर्षका हिरालाल ओली सोही गाउँपालिका –३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतको बीच बाटोमा मृत भेटिएका उनका साला लालबहादुर थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय जोरायलका प्रहरी नायब निरीक्षक गंगाराम टमाटा नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

मृतकको शव नजिकै झोला सहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोत्तल भेटिएको छ । मदिरा सेवन गरि राति जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

भारतको सिम्लामा काम गर्दै आएका ओली निर्वाचनमा मतदानका लागि घर फर्केका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend