बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मौन अवधिमा एमालेका नेता योगेश भट्टराईले गरे चुनावी प्रचार

मौन अवधिमा एमालेका नेता योगेश भट्टराईले गरे चुनावी प्रचार

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुन एक दिन मात्रै बाँकी छ । बिहीबार राती १२ बजेबाट मौन अवधि सुरु भएको छ ।

आचारसंहिता उल्लंघन गर्दै ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका एमाले सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले आफ्ना योजनासहितको भिडियो पोस्ट गर्दै मत मागेका छ्न् ।

गए राती उनले ताप्लेजुङमा आफूले विकासको आवश्यकता र जनभावनालाई बुझ्दै जिल्लाको विकास र निर्माणमा पहल गरेको भन्दै भोट दिन अपिल गरेका छन् ।

उनले आफूले ५ वर्षमा केन्द्रबाट यति विकास गरेको यति बजेट बराबरको योजना आएको भन्दै अतिरञ्चित प्रचार पनि गरेका छन् । भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई सूर्य चिन्हमा स्वस्तिक चिन्ह लगाएको र नमस्कार गरेको तस्बिर पनि पोष्ट गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend