logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौं सुनसान

    निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौं सुनसान

    1.9K
    Shares
    निर्वाचनका लागि गाउँ फर्किने बढेसँगै काठमाडौं सुनसान

    काठमाडौं । निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरु बढेसँगै काठमाडौं सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाडौंका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ ।

    काठमाडौंको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिएपनि काठमाडौंका भित्रि गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ । मंसिर ४ गते आईतवार (भोलि) एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।

    निर्वाचनमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासको लागि सक्षम नेतृत्व चयन गर्न बाहिरि जिल्लाहरुबाट काठमाडौं आइ बसोवास गर्नेहरु आफ्नो गृह जिल्ला फर्किंदा काठमाडौं सुनसान बनेको हो । त्यस्तै काठमाडौंका सुनसान सडकमा सुरक्षाकर्मीहरुले भने सुरक्षा दिइरहेका छन् । निर्वाचन बिथोल्नसक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरु सुरक्षाको लागि तैनाथ छन् ।

    यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरु धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ । निर्वाचन आयोगले भने निर्वाचन सम्बन्धी सम्पूर्ण तयारीहरु सकिसकेको जनाएको छ । निर्वाचन भोलि बिहान ४ बजेबाट साँझा ५ बजेसम्म हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend