काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रदेश सभा सदस्यका उम्मेदवारलाई मत हालेका छैनन् । उनले प्रदेश सभाको समानुपातिकमा पनि मत हालेनन् ।
काठमाडौं–९ गैरीगाउँमा अन्नपूर्ण मतदान केन्द्रबाट मतदान गरेका बालेनले प्रदेशसभाका मत पत्र नै बुझेनन् ।
उनले प्रतिनिधि सभा तर्फको प्रत्यक्ष र समानुपातिकमा मात्र मत हालेर मतदान केन्द्रबाट बाहिरिएका थिए ।