logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुर्खेतः मतगणनाको समय तय गर्न सर्वदलीय बैठक बस्दै

    सुर्खेतः मतगणनाको समय तय गर्न सर्वदलीय बैठक बस्दै

    3.2K
    Shares

    काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ को मतगणनाका लागि सर्वदलीय बैठकको तयारी गरिएको छ ।

    आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपेटिका मतगणना स्थलमा आइसकेको प्रमुख निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । यसका लागि मतगणनाको स्थल वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सुर्खेत सभा हलमा तोकिएको छ ।

    यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना भने टुङ्गो लाग्न सकेको छैन । आइतबार सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा स्थगित भएको छ । मत पेटिकामा फरक मतपत्र फेला परेपछि स्थगित भएको थियो । सुर्खेत १ का मतदान अधिकृत वीरेन्द्रनगरमा हुने सर्वदलीय बैठकमा सहभागी हुन आउँदै गरेको र वीरेन्द्रनगर पुगेपछि स्थगित सिम्ता बहुमुखी मतदान केन्द्रमा मतदान कहिले गर्ने भन्नेबारे पनि छलफल हुने प्रमुख निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend