सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

मकवानपुरमा ११ बजेदेखि मतगणना हुने

मकवानपुरमा ११ बजेदेखि मतगणना हुने

काठमाडौं । मकवानपुरमा मतगणनाको लागि सर्वदलीय बैठक सम्पन्न भएको छ । उक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बिहान ११ बजेबाट गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट एकैपटक प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना गर्ने निर्णय गरेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

उनका अनुसार मकवानपुरको प्रतिनिधिसभा तर्फको १ क्षेत्र र प्रदेशसभाको ४ क्षेत्रको प्रत्यक्ष र समानुपातिक तर्फको मतगणनाका लागि १० स्थान तयार पारिएको छ । मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पर्नुको साथै मतगणना गर्नका लागि तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको उनले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend