बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ । धनकौल गाउँपालिका–५ छठिघाट पुलस्थितमा बरहथवाबाट मधुवनी जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा सितामढी घर भएका ४० वर्षीय मुकेश राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिआर–३० जेड ४८७४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी बिजय यादवले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

मोटरसाइकल पछाडि सवार सर्लाही बलरा–५ घर भएका संजय यादव घाइते भएका छन् । उनको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend