प्युठान । एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिनु भएको छ । पछिल्लो मत परिणाम अनुसार उनले १ हजार ९ सय ९१ मत पाएका छन् ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १ हजार ७ सय २ मत पाएकी छन् । उनिहरुबीच मतान्तर २ सय ८९ छ ।
सुरुवातमा नौबहिनी गाउँपालिका १ स्याउलीवाङ, २ लिघा र ३ खवाङको मत गणना भएको हो ।