डडेलधुरा । डडेलधुरामा स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले डडेलधुराबासी तथा युवाहरुलाई गाली नगर्न आग्रह छन् । उनले आज सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘साथिहरु बिन्ति डडेल्धुरामा रहेका युवाहरुलाई गालि नगरिदिनुस् है। झापामा केपी ओली, गोरखामा प्रचण्ड र यहाँ शेरबहादुरलाई तिनै ठाँउका जनताले सजिलै आराम गराउनु पर्ने हो तर फ्रि को खाना, गाडी र हेलिकप्टरबाट युवाहरु नभएर रित्तो भएका गाउमा आमा बुवाहरुलाई जोगाउन चाही गाह्रो भएको हो। नतिजाको लागि अझै धेरै नै गन्न बाँकी छ। ९५% युवाहरुले सकेको साथ दिनुभएको छ । युवाहरु देशभरि जागेका छन्। अब ढुक्क हाम्रो पालो हो, चिन्ता नै नलिनुस्।”