काठमाडौँ । डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिस्पर्धी सागर ढकालभन्दा ३ हजार २ सय ६५ मतले अघि छन्।
१९ हजार ५ सय ८३ मत गन्दा देउवाले ८ हजार ४ सय ५८ मत ल्याएका छन्। उनका मुख्य प्रतिस्पर्धी सागर ढकालले ५ हजार १ सय ९३ मत ल्याएर पछ्याइरहेका छन्।
वीपी कांग्रेका कर्णबहादुर मल्ल २ हजार ५ सय ८३ मतका साथ तेस्रो स्थानमा छन्।