logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • चुनावपछि खुलेको शेयर बजार ७.१३ अंकले गिरावट

    चुनावपछि खुलेको शेयर बजार ७.१३ अंकले गिरावट

    3.1K
    Shares
    चुनावपछि खुलेको शेयर बजार ७.१३ अंकले गिरावट

    काठमाडौं । चुनावपछि खुलेको शेयर बजार मापक नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ । मंगलवार नेप्से सूचक ७.१३ अंकले घटेर १९२९.७१ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ ।

    मंगलवार कारोबारमा आएका २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेप्सेका १३ उपसमूहमा दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

    मंगलवार जेविल्स फाइनान्सको शेयरमूल्य ६.२३ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ३.९९ प्रतिशत, धौलागिरी लघुवित्तको ३.९७ प्रतिशत र सयपत्री हाइड्रोपावरको ३.८० प्रतिशतले बढेको छ ।

    तर यता युनिलिभर नेपालको ५.५८ प्रतिशत घटेको छ भने सिक्लेस हाइड्रोपावरको ४.४८ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको ४.३५ प्रतिशतले घटेको छ। आज नेपाल बैंकको सबैभन्दा धेरै १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend