दाङ । दाङको एउटा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले खाता खोलेको छ।
६ प्रदेशसभा सदस्य रहेको जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल दाङको निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित भएका हुन्।
कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बलीभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका थिए। उनीहरू बीचको मतान्तर १ हजार १ सय ६७ रहेको छ।