
काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा १ बाट जित सुरक्षित गरेका छन्।
अझै १० हजार ९४९ मत गणना हुन बाँकी रहँदा शर्मा निकटतम प्रतिस्पर्धीसँग १३ हजार ३९४ मतले अगाडि छन्। शर्माले ३७ हजार ३०२ मत प्राप्त गर्दा एमालेका अग्नि खरेलको मत २३ हजार ९०८ छ।
झापा १ मा ८७ हजार ३९६ मत खसेकामा ७६ हजार ४४७ मत गणना भइसकेको छ। शर्मा यो क्षेत्रबाट ०७० र ०७४ को निर्वाचनमा भने पराजित भएका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend