सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सुनसरीमा गाँजा बोकेको पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

सुनसरीमा गाँजा बोकेको पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । करिव २ सय १८ केजी गाँजासहित सशस्त्र प्रहरीले एउटा पिकअप गाडी नियनत्रणमा लिएको छ । सुनसरीको कोशी गाउँपालिका ३ स्थित पूर्वपश्चिम लोकमार्गको नहर चोकबाट उक्त पिकअप गाडी नियन्त्रणमा लिएको हो ।

धनकुटाबाट जनकपुरतर्फ जाँदै गरेको को १ च ८५२५ नम्बरको पिकअप गाडीलाई विशेष सूचनाको आधारमा जाँच गर्दा तरकारीभित्र आठ वटा बोरामा लुकाई राखेको गाँजा फेला पारेको हो ।

बरामद गाँजा तथा गाडी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend