नवलपरासी । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी दोस्रोमा छन् ।
७० हजार ९५५ मतगणना हुँदा विनोद चौधरीले २२ हजार २०८ र हृदयेश त्रिपाठीले १६ हजार ८९७ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार १७८ मतका साथ तेस्रो स्थानमा छन् ।