logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कञ्चनपुर–१ (२) मा कांग्रेसका विष्ट निर्वाचित

    कञ्चनपुर–१ (२) मा कांग्रेसका विष्ट निर्वाचित

    1.3K
    Shares
    कञ्चनपुर–१ (२) मा कांग्रेसका विष्ट निर्वाचित

    काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले नौ सय १७ मतान्तरले प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले आठ हजार पाँच सय २० मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका भट्टले सात हजार छ सय तीन मत पाएका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार टेकबहादुर साउदले पाँच हजार सात सय १३ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले पाँच हजार पाँच सय २ मत प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend