हेटौंडा । मकवानपुर क्षेत्र नम्वर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन्। मतगणनाको सुरुदेखि नै निरनतर तेश्रो नम्वरमा रहेका सिंह अन्तिमतिर अग् स्थनमा आएका थिए र विजयी पनि बने ।
सिंहले कुल २७ हजार ८१६ मत पाए भने पहिलेदेखि अग्रता लिइरहेकी कांग्रेसकी डिना उपाध्यायले २५ हजार ४३४ मत पाइन् । एमालेको चुनाव चिन्हबाट लडेका कमल थापाले २५ हजार ४२० मत पाएका छन्।
सिंह गत स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाका मेयर उम्मेदवार बनेका थिए। राप्रपाले यसअघि बाँके २ र जुम्लाबाट प्रतिनिधि सभा सदस्य जितेको छ।