बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

अग्रतालाई फराकिलो बनाउँदै शेखर कोइराला

अग्रतालाई फराकिलो बनाउँदै शेखर कोइराला

विराटनगर । प्रतिनिधिसभातर्फ मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन्।

पछिल्लो मतपरिणाम अनुसार कोइरालाले २४ हजार १८९ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेकपा (एमाले)का लालबाबु पण्डितले १६ हजार ८९४ मतका साथ कोइरालालाई पछ्याउँदै छन्। कोइराला र पण्डितको मतान्तर ७ हजार २९५ रहेको छ।

राप्रपाका गोपाल क्षेत्री ७ हजार १०६ मतसहित तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान ६ हजार ६२५ मतसहित चौथो स्थानमा रहेका छन्।

हालसम्म यो क्षेत्रको प्रतिनिधि सभातर्फ ६१ हजार २ सय ५१ मत गणना भइसकेको छ। गणना भएकोमध्ये ५७ हजार ६८७ मत सदर भएको छ। जम्मा ८५ हजार ८३७ मत खसेको थियो। अब २४ हजार ५८६ मत गणना हुन बाँकी छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend