logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रदेश–१ मा एमाले अघि, कांग्रेसले जितेका सबै नयाँ अनुहार

    प्रदेश–१ मा एमाले अघि, कांग्रेसले जितेका सबै नयाँ अनुहार

    2.9K
    Shares

    विराटनगर । प्रदेश नं.१ को प्रदेशसभामा प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई र दुई मन्त्रीसहित आठजना पुनः निर्वाचित भएका छन् । जसमा बहालवाला मुख्यमन्त्री राजेन्द्र कुमार राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बो पनि परेका छन् ।

    प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ प्रदेशसभा सदस्य सिट छ । निर्वाचित भएका ३० जनामध्ये नेकपा एमालेबाट १३, नेपाली कांग्रेसबाट ९, माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २ र राप्रपाका १ जना छन् । विजयी हुनेमध्ये कांग्रेसका ९ जना नै नयाँ अनुहार हुन् ।

    मुख्यमन्त्री राई भोजपुरको प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट विजयी भएका छन् । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पाँचथरको प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् ।

    पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका हिक्मतकुमार कार्कीले झापा ५ को २, एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी सोलुखुम्बु, न्याय प्रशासन तथा विधायन समितिका सभापतिसमेत रहेका धनकुटाका इन्द्रमणि पराजुली धनकुटा (२) र पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर इलाम २ को २ बाट निर्वाचित भएका हुन् । एमालेबाट झापा २ को १ बाट एकराज कार्की र धनकुटा प्रदेशसभा १ बाट निरन राई दोस्रो कार्यकालका लागि चुनिएका छन् ।

    २०७४ मा स्वतन्त्र उमेदवार बनेर जितेका नारायणबुर्जा मगर यसपटक माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । उनी उदयपुर २ को १ बाट विजयी भएका हुन् । एमाले–राप्रपा गठबन्धनबाट झापा १ को २ बाट सविना बजगाईं निर्वाचित भएकी छन् ।

    कांग्रेसका नयाँ अनुहार
    ताप्लेजुङ १ को २ बाट खगेनसिंह हाङगाम, मोरङ ३ को १ बाट मानबहादुर लिम्बू, मोरङ ४ को २ बाट भीम पराजुली, उदयपुरको २ को २ बाट रामकुमार खत्री, भोजपुर (२) विनोद बान्तवा, मोरङ ५ को २ अमृत अर्याल, खोटाङ (२) बाट भूपेन्द्र राई र ओखलढुंगा (१) का प्रदीप सुनुवार नयाँ उमेदवारी दिएर विजयी भएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend