बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

संसदीय दलको नेता बन्न छलफल गरेर अगाडि बढ्छुः शेखर कोइराला

संसदीय दलको नेता बन्न छलफल गरेर अगाडि बढ्छुः शेखर कोइराला

काठमाडौं । मोरङ–६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेकै सत्ता गठबन्धनले नयाँ सरकार बनाउने बताएका छन् ।

निर्वाचित भएको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले गठबन्धन कायम रहने बताएको हो ।

उनले कांग्रेसभित्र संसदीय दलको नेता को बन्ने भन्नेबारेमा अहिल्यै छलफल नभएको बताएका छन् ।

महामन्त्री गगन थापाले संसदीय दलको नेतामा गरेको दावी बारे सोधिएको प्रश्नमा कोइरालाले काठमाडौ गएर पार्टी सभापति र अरू साथीहरूसँग छलफल गरेर निर्णय गर्ने उनले बताए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend