काठमाडौं । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन्। निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार उनले अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदिशप्रसाद कुसयैत हुन्।
कार्की अहिले कुसयैत भन्दा ७५ मतले अघि छन् । कार्कीले २१ हजार ६७८ मत पाएका छन्। यता कुसियैतले भने २१ हजार ६०३ मत पाएका छन्। यसअघि कुसियैतले कार्कीलाई पछाडी पारेका थिए ।