सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

तनहुँमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

तनहुँमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

तनहुँ । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घिरिङ गाउँपालिका– १ पुटार बस्ने २२ वर्षीय सुनिल दरै रहेका छन्। त्यस्तै दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।

शनिबार घिरिङ गाउँपालिका– १ जगौलिटारस्थित कच्ची सडक खण्डमा बनटारबाट पुटारतर्फ आउँदै गरेको लु ३९ प ५०९७ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनका अनुसार मोटरसाइकल सडकदेखि ५० मिटर तल भिरमा खसेको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दरैको उपचारका क्रममा सेतीगंगा अस्पताल बेलचौतारामा मृत्यु भएको जनाइएको छ। अन्य दुईजना खुमबहादुर राना र रामबहादुर कुमाल भने सामान्य घाइते भएका खड्काले जानकारी दिए। मोटरसाइकलमा तीनजना सवार भएकाले पनि अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend