logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कालीकोटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

    कालीकोटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

    1.8K
    Shares
    कालीकोटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

    कालीकोट । कालीकोटमा तीनवटै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ गरी तीनै उम्मेदवार विजयी भएका हुन् ।

    कालीकोटमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलबीच गठबन्धन भएको थियो । गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही तथा प्रदेशसभा (१)मा माओवादी केन्द्रका दुर्गबहादुर रावत र प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका हुन् ।

    माओवादी केन्द्रका शाही एमालेका नगेन्द्र शाहीभन्दा छ हजार मतान्तरले विजयी भएका हुन् । कालीकोटमा खसेको कूल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार शाहीले २३ हजार सात सय २७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले शाहीले १६ हजार सात सय १८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

    कालीकोट प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गबहादुर रावत निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गरेका हुन् । रावत नौ हजार ११ मतले विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गरेका छन् ।

    कालीकोट प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँ १३ हजार सात सय ८३ मत ल्याएर विजयी भएका हुन् । भने उनका निटकम् प्रतिद्वन्द्वी एमालेका वीरेन्द्रबहादुर बोगटीले पाँच हजार आठ सय ३९ मत पाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend