logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दोलखाका आधा दर्जनबढी बुथ कब्जा गरिएको प्रमाण निर्वाचन आयोगमा पेश

    दोलखाका आधा दर्जनबढी बुथ कब्जा गरिएको प्रमाण निर्वाचन आयोगमा पेश

    1.9K
    Shares

    काठमाडौं । दोलखामा मंसिर ४ गते भएको निर्वाचनमा आधा दर्जनभन्दा बढी बुथ कब्जा गरेर मतदान गरिएको र धेरै मतदान केन्द्र अशान्त बनाइएको प्रतिवेदन निर्वाचन आयोग समक्ष पेश भएको छ ।

    मतदानको दिन वैत्यश्वरको गैरिमुदी र नाम्दु, तामाकोशीको जफे र मालु, गौरीशंकरको जुँगु तथा मेलुङ्को भेड्पु तथा कालिन्चोक र शैलुङका गरी आधा दर्जन बुथ नियन्त्रणमा लिइएको पाइएको छ । ती सबै बुथ सत्ता गठबन्धनका कार्यकर्ताले कब्जा गरेका थिए ।

    कतिपय बुथमा कर्मचारी र प्रहरीमाथि समेत कुटपिट गरेको पाइएको छ । मतदानका लागि सहयोग गर्न खटिएका कर्मचारीदेखि प्रहरीले समेत बुथ कब्ज भएको बयान आयोगसमक्ष दिएका छन् । प्रमुख जिल्ला अधिकारी नै बुथ कब्जको सहयोगी बनेको अनुसन्धानका क्रममा देखिएको आयोग स्रोतले जनाएको छ ।

    आयोगको टोलीले स्थलगत अध्ययन तथा सबै पक्षसँगको बयानपछि प्रतिवेदन तयार पारेको हो । चुनावका बेला सधैं अशान्त हुने दोलखामा यसपटक सत्ता गठबन्धनले लगभग सबै स्थानीय तहका कुनै न कुनै बुथमा अन्य दलका प्रतिनिधि लखेटेर एकलौटी गरेको पाइएको छ ।

    जिरी नगरपालिकाको ठूलोपातालमा फर्जी मत खसाइएको पाइएको छ । कतिपय मतदान केन्द्रमा अर्को पक्षले बुथ कब्जा रोक्न प्रयास गर्दा मतपेटिकाहरु फुटेको, प्रदेश संघ र समानुपातिक तथा प्रत्यक्षका मतपत्रहरु मिसिएको र मतपत्र मतपेटिकाबाट पोखिएको फोटो तथा भिडिओहरु समेत संकलन गरिएको आयोग स्रोतले जनाएको छ ।

    बुथ कब्जाका फोटो तथा भिडिओहरु पनि आयोगले संकलन गरेको छ भने मुठाका मुठा मतपत्र नियन्त्रणमा लिएर निर्वाचन अधिकृतको हस्ताक्षर समेत दलका कार्यकर्ताले गर्दै छाप लगाएको पाइएको छ ।

    दोलखाका ती मतदान केन्द्रको मतलाई गन्न दिने हो भने चुनावको गरिमा नै समाप्त हुने भन्दै पुनः मतदानको मिति तोकी भयरहित ढंगले मतदाताले मतदान गर्ने अवस्था निर्माण गरिनुपर्ने सुझाव सरोकारवालाहरुले आयोगलाई दिएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend