काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको रूपमा काम गर्न सात वटा कम्पनी छनोट गरेको छ। प्राधिकरणमा परेको ३१ आवेदनमध्ये हरेक प्रदेशमा १/१ वटाका दरले ७ वटा कम्पनी छनोट गरिएको हो।
प्राधिकरणले भदौ १० गते ३५ दिने सूचना दिएर आवेदन माग गरेको थियो।
निर्वाचन अघि लाइसेन्स वितरण गर्न लागेको भन्दै रोकिएको यो प्रक्रिया निर्वाचन सकिए लगत्तै कम्पनीहरूको नाम सार्वजनिक गरिएको हो। लघुबीमा गर्न छानिएमा जीवन बीमा तर्फका कम्पनीहरूमा विराटनगरको गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लि, सुर्खेतको क्रेष्ट माइकोलाइफ इन्स्योरेन्स लि, कास्कीको लिबर्र्टी माइक्रोलाइफ इन्स्योरेन्स लि छन्।
त्यस्तै, लघु बीमाको लागि छानिएका निर्र्जीवन बीमा कम्पनीहरूमा बुटवलको ट्रष्ट माइक्रो इन्स्योरेन्स क.लि, चितवनको नेपाल माइक्रो इन्स्योरेन्स क. लि, घनुषाको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि., कैलालीको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि रहेका छन्।