logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • शेयर बजार साढे १५ अङ्कले घट्यो, १ अर्ब ४९ करोड रुपैयाँको कारोबार

    शेयर बजार साढे १५ अङ्कले घट्यो, १ अर्ब ४९ करोड रुपैयाँको कारोबार

    1.9K
    Shares
    शेयर बजार साढे १५ अङ्कले घट्यो, १ अर्ब ४९ करोड रुपैयाँको कारोबार

    काठमाडाै‌ । हिजो आइतवार साढे ३२ अङ्कले बढेको शेयर बजार आज साेमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय ५० दशमलव ३७ विन्दुमा झरेको छ ।

    म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजारसँगै आज कारोबार रकम पनि घटेको छ ।

    आज दुई सय ३६ वटा कम्पनीकाे ३७ लाख ६१ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सिनर्जी पावर कम्पनी र ओरियन्टल होटलको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि खप्तड लघुवित्तको शेयर आठ प्रतिशत तथा नेपाल आयल ल्युब लिमिडेट र गरिमा डिबेन्चर फन्ड २०८५ को शेयर छ प्रतिशतभन्दा धेरैले बढेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend