काठमाडौं । सुकुम्वासी बस्ती हटाउने अभियानबाट काठमाडौं महानगरपालिका तत्कालका लागि पछि हटेको छ । सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा हटाउन पुगेको काठमाडौंं महानगरपालिको नगर प्रहरी र सुकुम्वासीबिच झडप भएको थियो । सो झडपमा परि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका थिए ।
सुकुम्वासीहरूले खुकुरी लगायतका घरेलु हतियार बोकेर आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो । आज सुकुम्वासी बस्ती हटाउन जाने कुनै योजना नरहेको काठमाडौंका नगर प्रहरी पाण्डेले जानकारी दिए ।