पर्सा । पर्सा निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार जनार्दनसिंह क्षेत्री १० हजार १९५ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मधु गुप्ताले सात हजार ५०७ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार प्रह्लाद गिरी गोस्वामीले छ हजार ५१७ मत ल्याएका छन् ।