काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अछाममा अभिकर्ता भेला सम्पन्न गरेको छ । भेलामा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बीमा ऐन २०७९ का आधारभूत विषयवस्तुको बारेमा प्रकाश पारेका थिए ।
अभिकर्ता पेशामा व्यावसायिक बनाउदै जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
कर्यक्रममा उत्कृष्ट व्यवसाय गरी अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताहरुलाई खत्रीले सम्मान समेत गरेका थिए ।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले तयार गरेको वार्षिक तथा मासिक स्किमहरुको बारेमा जानकारी गराएका थिए । कम्पनीको अछाम शाखा प्रमुख दिपक खड्काले सहभागीहरुलाई धन्यवाद दिएका थिए ।