logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती आज पनि अशान्त

    काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती आज पनि अशान्त

    1.6K
    Shares

    काठमाडौं । थापाथलीको सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले जबरजस्ती बल प्रयोग गरेर हटाउन खोजेपछि आज दोश्रो दिन पनि अशान्त बनेको छ । उनीहरुले आज सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको पुत्ला जलाएका छन् । उनीहरुले शव राख्ने बाकस कफिन माथि बालेनको फोटो राखेर जलाए ।

    त्यहाँ आज बिहान ८ बजेदेखि यहाँ आन्दोलन जारी छ । बस्ती प्रवेश गर्ने सडकहरु उनीहरुले बन्द गराएका छन् । सडकभरी टायर र ढुंगा छरिएका छन् । आफूहरुलाई उचित बसोबासको व्यवस्था नमिलाई हटाउन लागिएको भन्दै उनीहरुले आज बिहान काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए ।

    त्यहाँबाट पुनः आफ्नै बस्तीमा फर्किएर उनीहरुले प्रदर्शन जारी राखे । अहिले उनीहरुले मेयर बालेन विरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुमध्‍ये केही सुकुम्वासी माइतीघर मण्डलामा सडकमै ब्‍यानर राखेर अनसनमा बसेका छन् ।

    एकीकृत बागमती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेर हटाउन खोजेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावग्रस्त भएको थियो ।

    एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोहीअनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र अशान्त छ । सो क्षेत्रमा करिब ५ हजार सुकुम्बासीको जनसंख्या रहेको अनुमान छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend