logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • थ्रेसहोल्ड कटाउन सकेन लोसपाले, बन्ने भएन राष्ट्रिय दल

    थ्रेसहोल्ड कटाउन सकेन लोसपाले, बन्ने भएन राष्ट्रिय दल

    3.1K
    Shares

    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी नबन्ने भएको छ । मंसिर ४ गते सम्पन्न आम चुनावको समानुपातिकतर्फको जारी मतपरिणाम हेर्दा लोसपाले थ्रेसहोल्ड अर्थात ३ प्रतिशत मत नकटाउने देखिएको छ । राष्ट्रिय पार्टी हुनका लागि सम्पूर्ण सदर मतको तीन प्रतिशत मत ल्याउनुको साथै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कम्तिमा एक जना निर्वाचित भएको हुनुपर्छ ।

    लोसपाबाट प्रतिनिधिसभामा चार जनाले जिते पनि कुल सदर मतमा तीन प्रतिशत कटाउन नसक्ने देखिएको हो । समानुपातिकमा अहिलेसम्म लोसपाले एकलाख ३९ हजार ६६ मत ल्याएको छ । समानुपातिकको मतगणना अब करिव करिव अन्तिम चरणमा पुगेको छ ।

    निर्वाचनबाट प्रत्यक्षतर्फ लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट १६ हजार ३७५ मत ल्याएर विजयी भएका छन् भने महोत्तरी २ बाट कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले २५ हजार १९० मत, सर्लाही १ बाट रामप्रकाश चौधरी २४ हजार ८३८ र रुपन्देही ४ बाट सवेन्द्रनाथ शुक्ला २८ हजार मत ल्याएका विजय भएका छन् ।

    सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले चुनाव हारेका छन् । नेता कर्णको जमानत समेत जफत भएको छ । नेता महतो नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग पराजित भए ।  लोसपाले मधेश प्रदेश र लुम्बनी प्रदेश गरेर प्रदेशसभातर्फ नौ सीट प्रदेशसभा जितेको छ । मधेश प्रदेशमा सात र लुम्बनीमा दुई सीट जितेको हो ।

    सत्ता गठबन्धनसँग तालमेल गरेर लोसपाले मधेस प्रदेशमा आठ सीटमा उम्मेदवारी दिएको थियो भने प्रदेशमा १६ सीटमा उम्मेदवार दिएको थियो । त्यसबाहेक प्रदेश १ लगायत अन्य प्रदेशमा पनि केही सीटमा लोसपाले उम्मेदवारी दिएको थियो । २०७४ मा ११ सीट प्रत्यक्षमा जित्दै राष्ट्रिय पार्टी बनेको लोसपा तत्कालीन राजपा यसपटक खुम्चिएको हो ।

    २०७९ वैशाखमा सम्पन्न स्थानीय चुनावमा ६१ दलले भाग लिएका थिए । त्यसमा पनि लोसपाले थ्रेसहोल्ड कटाएको थिएन । यद्यपि स्थानीय तहमा थ्रेसहोल्डको प्रावधान भने छैन । लोसपाका वडाध्यक्षका उम्मेदवारले दुई लाख ४४ हजार ८८२ मत मात्रै पाएको छ । जुन सदर मतको २.१२ प्रतिशत मात्रै हो । स्थानीय तहमा लोसपाले ल्याएको मतका आधारमा त्यति बेलादेखि नै आमचुनावमा लोसपाले थ्रेस होल्ड कटाउन नसक्न्ने आकलन गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend