logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मौद्रिक नीतिको त्रैमासिक समिक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्छः पवन गोल्यान

    मौद्रिक नीतिको त्रैमासिक समिक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्छः पवन गोल्यान

    1.5K
    Shares
    मौद्रिक नीतिको त्रैमासिक समिक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्छः पवन गोल्यान

    काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आईतवार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा समग्र अर्थतन्त्रको समस्या भन्दापनि बैंकको नाफा कम गर्ने हिसावले आएको बताएका हुन् ।

    उनले बुधवार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाबारे प्रतिक्रिया दिँदै बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गरे । उनले बैंकहरुको नाफा घट्दैमा वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने बताए । अध्यक्ष गोल्यानले राष्ट्र बैंक बैंक तथा वित्तिय संस्थाहरुको अभिभावक भएपनि बैंकहरुलाई नै धरासायी बनाउने गरी मौद्रिक नीति ल्याएको बताए । उनले मौद्रिक नीतिको समिक्षाबाट बैंकहरुको अभिभावक राष्ट्र बैंक भएपनि बैंकहरुलाई सौतेनी व्यवहार जस्तो गरेको आरोप लगाए ।

    अध्यक्ष गोल्यानले बैंकको निक्षेपको ब्याजदर घट्नुको भने विकल्प नभएको बताए । उनले छिमेकी देश भारतमा निक्षेपको ब्याजदर ६ प्रतिशत रहेको तर नेपालमा भने १२ प्रतिशत ब्याजदर हुनु उचित नभएको बताए । उनले रेमिट्यान्स आएको बेला मात्रै निक्षेप बढ्ने तर ९ प्रतिशतबाट निक्षेपको ब्याज बढाएर १२ प्रतिशत पु¥याउँदासमेत निक्षेप बढ्न नसकेको बताए । उनले पौषसम्ममा ३ प्रतिशतसम्म ब्याजदर कम हुनुपर्ने बताए । अध्यक्ष गोल्यानले बैंकिङ प्रणालीमा चरम तरलता अभाव रहेको बताए । उनले बैंकहरुको खराब कर्जा बढ्नसक्ने अवस्था देखिएको बताए । उनले पौष महिनामा बैंकको पैसा रिफाइनान्समार्फत ७० अर्ब रुपैयाँ बाहिर जान्छ त्यसपछि अझ बढी तरलताको समस्या बढ्ने देखिएको बताए । उनले निजी क्षेत्रले बुझ्दै नबुझी बैंकको ब्याजर घटाउँ मात्रै भनेर गाली गरेर मात्रै समस्याको समाधान नहुने बताए । उनले ब्याजदर लगायतका समस्या समाधान गर्न बैंक र निजी क्षेत्र मिल्न आवश्यक रहेको बताए ।

    अध्यक्ष गोल्यानले भने,‘ मौद्रिक नीतिको समिक्षामा बैंकको ब्याजदर खुकुलो बनाउन खोजेको छ । बैंकहरुको नाफा घटाएर नै स्पेडदर घटाएको हो । बैंकको स्पेडदर ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झारेर । त्यसले अब बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्छ । अहिले बैंकहरुले नाफा गर्नु हुँदैन आफ्नो ठाउँमा छ । तर बैंकको नाफा घटाउनु अर्थतन्त्रमा देखिका समस्या समाधानको उपाय भएन । राष्ट्र बैंक भनेको बैंकहरुको अभिभावक हो । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई आफ्ना बुबाआमाले छोराछोरीलाई माया नगर्दाको अवस्था जस्तो भएको छ । बैंकको ब्याजदर घटाउने अन्य तरिकाहरु पनि छन् । राष्ट्र बैंकले बैंकहरुको ब्याज घटाउनै पर्छ । निक्षेपको ब्याज नघटाए कुनै उपाय नै छैन ।

    छिमेकी देश भारतमा निक्षेप ६ प्रतिशत ब्याज र नेपालमा १२ प्रतिशत ब्याजदर यो उचित होइन । ब्याज घट्यो भने पैसा बाहिर जान्छ भन्ने होला तर हामीले ९ प्रतिशत ब्याज बढाउँदा १२ प्रतिशत बनायौं । तर बैंकहरुमा निक्षेप बढेन । रेमिट्यान्स बढेको बेलमा निक्षेप बढेको छ अन्य बेलामा बढेको छैन । मंसिर मसान्तको लागि १ प्रतिशत ब्याज कम गर्नुपर्छ । निक्षेपको ब्याजदर प्रत्येक महिना गरी ३ प्रतिशतसम्म ब्याज कम गर्नुपर्छ । अहिले बजारमा ब्याज भन्दा पनि पैसा नपाएर समस्या भएको हो । उत्पादन उद्योगहरुलाई ब्याजदर वृद्धिले मुख्य समस्या बनाएको छ । पैसा नपाएर पछिल्लो ४ महिनामा बैंकहरुले ४५ अर्ब भन्दा माथि मात्रै कर्जा प्रवाह गरेका छन् ।

    गत वर्ष सोही समयमा ३ अर्ब बढी कर्जा प्रवाह भएको थियो । बजारमा तरलता अभाव भएकाले भोलि के हुन्छ भनेर मानिसहरुले बैंकको स्टलमेन्ट समेत नतिरेकाले बैंकहरुमा पैसा आउन सकेन । यसले अब बैंकको खराब कर्जा (एनपीए) बढ्छ भने अर्को उत्पादन उद्योग धरासायी बन्छ । पौष महिनामा ७० अर्ब रिफाइनान्सको रकम बाहिर जान्छ । त्यसपछि अझ बढी बैंकिङ प्रणालीमा समस्या आउँछ । निजी क्षेत्रले पनि बुझ्दै नबुझी बैंकको ब्याजर घटाउँ मात्रै भनेर बैंकहरुलाई गाली गरेर समस्याको समाधान हुँदैन । ब्याजदर लगायतका समस्या समाधान गर्न बैंक र नीजि क्षेत्र मिलेर गर्नु आवश्यक छ । अब यस्तै रह्यो भने अब न शेयर बजारसमेत राम्रो हुँदैन ।’

    अध्यक्ष गोल्यानले मौद्रिक नीतिको समिक्षा बैंकहरुलाई मात्रै टार्गेट राखेकाले बैंकहरु धरासायी हुने बताए । उनले मौद्रिक नीतिमा लागू गर्ने भनिएको दोहोरो ब्याजदर प्रणाली तत्काल लागू गर्न माग गरे । उनले सबै क्षेत्र बच्नसक्ने गरी मौद्रिक नीतिको समिक्षा हुनुपर्नेमा त्यस्तो नभएको बताए । गोल्यानले बैंकहरुले जोखिम मूल्याङ्कन गरेर लगानी लगाउने भएकाले स्पेडदर घट्दैमा कसैलाई राहत नहुने बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले स्पेडदर ०.४ प्रतिशत कम भएको फाइदा ठूला व्यवसायीहरुले मात्रै लिनसक्ने बताए । उनले राष्ट्र बैंक र निजी क्षेत्रले दुई चारवटा बैंकले खराब काम ग¥यो भन्दैमा सबैलाई एकै ठाउँमा राखेर बैंकिङ क्षेत्रलाई नै चोर भन्न नमिल्ने बताए । उनले बैंक तथा वित्तिय संस्थाहरु भनेको देशको आर्थिक मेरुदण्ड भएको भन्दै बैंकहरु धरासाही हुँदा सबै क्षेत्र धरासायी हुने बताए । गोल्यानले आवश्यक हुँदा ब्याजदर घटाउनु पर्छ र तरलता सहजता बनाउनुपर्छ भन्ने पक्षमा बैंकहरु रहेको बताए ।

    उनले भने,‘मौद्रिक नीतिको समिक्षा बैंकहरुलाई मात्रै टार्गेट राखेर बैंकहरुलाई अफ्ठ्यारो पार्दै गयो भने बैंकहरु धरासायी बन्नसक्छ । तर बैंकका ग्राहकलाई धरासाही बनाउनु पर्छ भनेको होइन । त्यो कारणले पनि बैंकहरुको ब्याज घटाउनुपर्छ । मौद्रिक नीति ल्याउँदा राष्ट्र बैंकले बोलेको कुरा दोहोरो ब्याजदर प्रणाली लागू गर्ने कुरा छ । उत्पादन क्षेत्र र गैर उत्पादन क्षेत्रको लागि फरक फरक ब्याजदरको व्यवस्थामा मौन भयो । त्यो तत्काल ल्याउनु पर्छ ।

    अहिलेको चर्को ब्याजमा कुनैपनि व्यवसाय बच्न सक्दैन । सबै क्षेत्र बाच्नसक्ने गरी मौद्रिक नीतिको समिक्षा आउनुपर्ने थियो तर आएन । ०.४ प्रतिशत स्पेडदर कम गरेर ठूला बडाहरुले मात्रै त्यसको फाइदा लिन्छन् । बैंकहरुले जोखिम हेरेर लगानी गर्छन् । स्पेडदर कम हुँदैमा केही राहत हुन्छ जस्तो लाग्दैन । तर बैंकहरु कमजोर हुँदै जान्छन् । राष्ट्र बैंकले दुई चारवटा बैंकले खराब काम ग¥यो भन्दैमा सबैलाई एकै ठाउँमा राख्न मिल्दैन । एउटा खराब बैंकलाई देखाएर राष्ट्र बैंक र निजी क्षेत्रले बैंकिङ क्षेत्रलाई नै चोर भन्न मिल्दैन । बैंक तथा वित्तिय संस्थाहरु भनेको देशको आर्थिक मेरुदण्ड हो । यो नै धरासायी भयो भने सबै क्षेत्र त्यस्तै हुन्छ । त्यसको समाधान राष्ट्र बैंक र सरकारले गर्नुपर्छ । आवश्यक हुँदा ब्याजदर घटाउनु पर्छ र तरलता सहजता बनाउनुपर्छ भन्ने पक्षमा बैंकहरु पनि छन् । अहिले हामीलाई नाफा भन्दा पनि महत्वपूर्ण विषय भनेको बाच्नुपर्छ भन्ने हो ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend