बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

मतदातालाई धन्यवाद दिएर संसदीय दलको चुनावको तयारीमा लाग्छुः गगन थापा

मतदातालाई धन्यवाद दिएर संसदीय दलको चुनावको तयारीमा लाग्छुः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रवारसम्म मतदातालाई धन्यवाद दिएर संसदीय दलको नेताका लागि चुनावको तयारीमा लाग्ने बताएका छन् । महिला सुरक्षा दबाब समूहले बुधवार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले शनिवारदेखि संसदीय दलको नेताको तयारीमा लाग्ने बताएका हुन् ।

‘म अहिले पनि मतदातालाई धन्यवाद दिने कार्यक्रममा थिएँ, अब एकछिनमा फेरि त्यही जाँदैछु । मेरो त अर्को चुनाव आउँदैछ’, थापाले भने ।

हिजोमात्र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले थापालाई महामन्त्रीमा प्रस्ताव गर्ने बताएका थिए । काठमाडौं ४ बाट प्रत्यक्ष निर्वाचित सांसद थापाले मतदातालाई धन्यवाद दिन घरदैलोमा हिँडिरहेका छन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend