वालिङ । स्याङ्जा क्षेत्र नं. २ को मतगणना शुरु गर्नका लागि आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाइएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार निर्वाचन आयोगले तत्काल मतगणना शुरु गर्न निर्देशन दिएपछि आजबाट मतगणना सुरु गर्ने तयारी गरिएको हो ।
आज ४ बजे बोलाइएको सर्वदलीय बैठकपछि मतगणना सुरु हुने र आफूहरु तयारी अवस्थामा रहेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । लामो समयको अन्योलबीच निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने र मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।