शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सिभिल मलको दशैंतिहार उपहार योजनामा सुनि के पुन गौचनले जिते एन्टर्क स्कुटर

सिभिल मलको दशैंतिहार उपहार योजनामा सुनि के पुन गौचनले जिते एन्टर्क स्कुटर

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गरी सिभिल मलले ग्राहकलाई ल्याएको विशेष उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् सुनि के पुन गौचनले टिभिएस एनटर्कको स्कुटर जितेका छन् ।

त्यस्तै, सन्देश थापा मगरले जाम्न डटकमको तर्फबाट पोखराको राउन्ट ट्रिप, अमन नेगी, उकेन श्रेष्ठ र सुजिता श्रेष्ठले क्रमशः वासिङ मेसिन, फ्रिज र ४३ इन्चको टेलिभिजन सेटसहित अन्य विभिन्न पुरस्कारहरू जितेका छन् ।

मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीका अनुसार यो उपहार योजना असोज ८ गतदेखि कात्र्तिक २६ गतेसम्म लागू गरिएको थियो । मलले सो अवधिमा एक हजार रूपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो ।

सिभिल मलले उपहार योजनालाई सफल बनाउन सहयोग पुर्‍याउने सबै स्टोरहरू र विशेष गरी क्युएफएक्स सिनेमाज, जगदम्बा मोटर्स र डिएचआई होम अप्लायन्सलाई मुख्य प्रायोजकको रूपमा सहभागी भई कार्यक्रमलाई सहयोग गरेकोमा धन्यवाद दिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend