शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सेञ्चुरी बैंकले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति?

सेञ्चुरी बैंकले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३० प्रतिशत नगद लाभांश गरी कुल ६.०५ प्रतिशत लाभांश दिएको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend