बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान हुँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान हुँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ। थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले विमानस्थलमा आज दिनभर क्यालिब्रेसन उडान गर्ने विमानस्थल कार्यालयले जनाएको छ।

एरो थाइले ११ बजेबाट क्यालिब्रेसन उडान सुरू गरेको छ। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार यो उडान बेलुका ५ बजेसम्म हुनेछ।

क्यालिब्रेसन उडानले विमानस्थलको कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेको विषयमा परीक्षण गर्नेछ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend