logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • स्याङजा २ मा पद्माले घटाईन् धनराजसँग मतान्तर

    स्याङजा २ मा पद्माले घटाईन् धनराजसँग मतान्तर

    1.3K
    Shares
    स्याङजा २ मा पद्माले घटाईन् धनराजसँग मतान्तर

    स्याङजा । प्रतिनिधिसभा सदस्यतर्फ स्याङ्जा क्षेत्र नम्वर २ को जारी मतगणनामा एमालेका तर्फबाट उम्मेदवार पद्मा अर्यालले मतान्तर घटाएकी छन् । सुरुमा अगाडी रहेकी पद्मालाई केही वडाको मतगणना सक्नेवित्तिकै कांग्रेसका धनराज गुरुङले उछिनेका थिए ।
    अहिले कांग्रेसका गुरुङको अग्रता कायमै छ । तर पद्मा अर्यालले धनराजसँग मतान्तर घटाउँदै लगेकी छन् ।

    पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उपसभापति समेत रहेका गुरुङले १३ हजार २४० मत पाएका छन् भने दोस्रो स्थानमा रहेकी एमाले सचिव समेत रहेकी पद्माकुमारी अर्यालले ११ हजार ८०५ मत पाएकी छन् । धनराज र पद्माभन्दा १ हजार ४३५ मतले अघि छन् । यस्तै तेश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार ८७६ मत पाएका छन् ।

    यस्तै स्याङजा २ को २ तर्फभने एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठ अघि छन् । श्रेष्ठले १ हजार २१५ मत प्राप्त गर्दा कांग्रेसका महेश भट्टराईले ३०२ मत पाएका छन् । भट्टराई भन्दा श्रेष्ठ ९१३ मतले अघि छन् । अहिले कालिगण्डकी गाउँपालिकाको मतगणना भईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend