logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कपिलवस्तुको एक होटलमा भारतीय नागरिकमाथि दुई गोली प्रहार

    कपिलवस्तुको एक होटलमा भारतीय नागरिकमाथि दुई गोली प्रहार

    2.6K
    Shares

    बुटवल । भारतीय नागरिकमाथि कपिलवस्तुमा गोली प्रहार भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली प्रहार भएको हो ।

    चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए । गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज लगिएको छ ।

    गोली कस्ले र किन हान्यो भन्नेबारे भने केही खुलिनसकेको प्रहरीले जनाएको छ । भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend