logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राजनतिक एजेण्डालाई भन्दापनि आर्थिक एजेण्डा प्राथमिकता दिने नेतृत्व सरकारमा आउनुपर्छः अध्यक्ष मल्ल

    राजनतिक एजेण्डालाई भन्दापनि आर्थिक एजेण्डा प्राथमिकता दिने नेतृत्व सरकारमा आउनुपर्छः अध्यक्ष मल्ल

    1.6K
    Shares
    राजनतिक एजेण्डालाई भन्दापनि आर्थिक एजेण्डा प्राथमिकता दिने नेतृत्व सरकारमा आउनुपर्छः अध्यक्ष मल्ल

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजनतिक एजेण्डालाई भन्दापनि आर्थिक एजेण्डा प्राथमिकता दिने नेतृत्व सरकारमा आउनुपर्ने बताए । उनले चुनावको परिणामले एउटा पार्टीको सरकार बन्नसक्ने अवस्था नदेखिएकाले मिलिजुली सरकार भएपनि आर्थिक स्थायित्व दिनसक्ने नेतृत्वको सरकार बन्नुपर्ने बता । उनले राजनीतिक पार्टीका फरकफरक धारणा भएपनि आर्थिक ऐजेण्डामा सबै दलका नेताहरुको एउटै धारणा भएको सरकार आउनु आवश्यक रहेको बताए ।

    उनले भने,‘अहिले निर्वाचनको परिणाम आउँदैछ । कुनैपनि एउटा पार्टीको बहुमतको सरकार बन्ने देखिएन । निजी क्षेत्र के चाहन्छ भने नयाँ बन्ने सरकार मिलिजुली भएपनि आर्थिक स्थायित्व दिने हुनुपर्छ । जनतालाई सेवा सुविधा दिने विषयमा सहज सरल बनाउन सकोस् । राजनीतिक पार्टीका फरकफरक धारणा भएपनि आर्थिक ऐजेण्डामा सबै दलका नेताहरुको एउटै धारणा भएको सरकार आउनुपर्छ भन्ने धारणा राख्दछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend