logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यी २८ कम्पनीले दिदैछन् शेयरधनीलाई लाभांश

    यी २८ कम्पनीले दिदैछन् शेयरधनीलाई लाभांश

    3.3K
    Shares

    काठमाडौं । सूचीकृत २८ कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गरेको घोषणा अनुसार यसवर्ष शेयरधनीलाई सबैभन्दा बढी लाभांश युनिलिभर नेपालले दिँदैछ । युनिलिभरले यस वर्ष १२१५ रुपैयाँ नगद लाभांश दिँदैछ । अर्थात् सो कम्पनीमा एक कित्ता सेयर हुने शेयरधनीले यसपाली १२ सय १५ रुपैयाँ लाभांश पाउँदैछन् । यसपालि घोषणा भएको लाभांशमा यो नै सबैभन्दा बढी हो ।

    धेरै लाभांश दिनेमा दोस्रो नम्बरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । सो संस्थाले सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश दिँदैछ । जाल्पाले यो लाभांशमध्ये ७३ प्रतिशत बोनस शेयर र ३.८४ प्रतिशत नगद लाभांश दिन लागेको हो । यस्तै, हिमालयन डिष्टिलरीले शेयरधनीलाई ७० प्रतिशत लाभांश दिन लागेको छ । यस्तो लाभांशमध्ये ६० प्रतिशत बोनस शेयर १० प्रतिशत नगद लाभांश हो ।

    बोटलर्स नेपाल तराईले सेयरधनीलाई ६० प्रतिशत लाभांश दिँदैछ । बोटलर्सले नगद लाभांश दिन लागेको हो । रिडी पावरले ४२.१ प्रतिशत लाभांश दिने भएको छ । रिडीले ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

    कम्पनीहरूले जारी गरेको विवरण अनुसार सोल्टी होटलले ५ प्रतिशत बोनस सेयर र २१.३१ प्रतिशत नगद लाभांश गरी २६.३१ प्रतिशत लाभांश दिन लागेको छ । सानिमा इक्वीटी फण्डले २२ प्रतिशत नगद लाभांश दिँदैछ भने बैंक अफ काठमाडौंले ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश दिँदैछ ।

    एभरेष्ट बैंकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश गरी २०.६८ प्रतिशत लाभांश दिन लागेको छ । फष्ट माइक्रोफाइनान्सले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगल लाभांश गरी २० प्रतिशत लाभांश दिदैछ । बोटलर्स नेपाल बालाजुले भने २० प्रतिशत नगद लाभांश दिँदैछ ।

    कम्पनीहरुले जारी गरेको यो लाभांश गत आर्थिक वर्षसम्मको नाफा तथा संचित रकमबाट हो । यसरी लाभांश घोषणा गरेका कम्पनीमध्ये केहीको बुकक्लोज भइसकेको छ भने केहीको अझै पनि लाभांश सुरक्षित गर्न सकिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend