
काठमाडौं । काठमाडौँको बबरमहलमा आज गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्याधिक धूँवा फाल्ने ३८ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ ।
अत्याधिक धूँवा फाल्ने १३ ओटा र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवा समेत फाल्ने २५ ओटा सवारी साधन कारवाही परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।
उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग सिंहदरवार तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त खटेको टोलीले आज बिहान बबरमहलमा ५४ वटा सवारी साधनलाई चेक गर्दा ३८ ओटा कारवाहीमा परेको बताउनु भएको छ । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिईने छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend